7-Eleven स्टोरका निम्ती वर्गीकरण ( सिवाखे ) तथा कार्यालयको रोजगार सम्बन्धी वेबसाइट फूल टाईम, करार, अस्थायी , पार्ट टाईम, पार्ट काम लगायतका रोजगार सम्बन्धी वेबसाइट

वर्गीकरण (सिवाखे) स्टाफ आवश्यकता

यो वेबसाइटको बारेमा

यो वेबसाइटमा वर्गीकरण गर्ने कर्मचारी” " को आवश्यकतासम्बन्धी विस्तृत रुपमा जानकारी दिने गरिएको छ । हाम्रो वितरण केन्द्रमा 7-Eleven का निम्ती वितरण गरिने सामानहरु, प्रत्येक स्टोरको सामान छुट्टयाई वितरण गर्ने " वर्गीकरण तथा वितरण" को कामहरु हुने गर्छन् । कम्भिनिएन्स स्टोर भन्नाले मुख्य रुपमा खानेकुरा, दैनिक उपभोग्य वस्तु लगायत धेरै किसिमका वस्तु हरु राखिने खुद्रा पसल हो। यो जापानमा आफ्नै ढंगले विकसित भएको पसल हो । 7-Eleven जापानमा भएका कम्भिनिएन्स स्टोरहरु मध्ये सबभन्दा ठुलो कम्पनी भई चेन स्टोरको रुपमा संसारभरि सबभन्दा बढी संख्यामा स्टोरहरू खोलिएको पसल हो । जापानभित्र मात्र नभई, संसारभरि यसका स्टोरहरु संचालन गरिएका छन् । तपाईंले पनि यसको पक्कै प्रयोग गरेको हुनुपर्छ ।

काम सम्बन्धी विस्तृत विवरणको बारेमा

"सिवाखे" भन्नाले विभिन्न स्टोरहरूबाट अर्डर गरिएका वस्तु हरु गोदाम भित्रबाट संकलन गरेर , निश्चित ठाउँमा छुट्टयाउँदै राखिने कामलाई जनाईन्छ । "सिवाखे" को काम निकै नै सजिलो काम हो । काम गर्ने ठाउँमा केहि मात्रामा जापानीज भाषाबाट कुराकानी गर्नु परे तापनि खान्जी आदि का कारण जापानीज भाषा पढ्न कमजोर व्यक्तिले पनि कुनै समस्या बिना काम गर्न सकिन्छ । जस्तै, बारकोडबाट सामान छुट्टयाउने केन्द्रमा, बारकोड रिडरले पसलको बारकोड रिड गर्ने बित्तिकै अर्डर गरिएका वस्तु भएको स्थान उज्यालो हुन्छ र त्यहाँबाट तोकिएको मात्रामा सामान झिकेर बाकसमा हाल्नु मात्र हो । त्यो कामलाई निरन्तर गर्नु पर्ने हुन्छ । अन्तमा जम्मा पारिएका वस्तु हरु गाडी अनुसार छुट्ट्याएर, गाडीमा हाल्ने व्यवस्था गर्नुपर्छ । निकै सरल ढंगमा बुझ्न सजिलो हुने गरी प्रशिक्षण पनि गराइन्छ । अझ काममा बानी नपरेसम्म सिनियर स्टाफले राम्रोसँग तपाईंलाई सहयोग गर्नुहुनेछ । ढुक्क हुनुहोस् । हाल, यो काममा विदेशी विद्यार्थी लगायत धेरै विदेशीहरु सक्रिय छन् ।

वितरण केन्द्रको श्रेणीको बारेमा

कम्भिनिएन्स स्टोरमा विभिन्न किसिमका वस्तु हरु वितरण गरिन्छ । र ती वस्तुहरुलाई तापमान अनुसार वर्गीकरण गरेर व्यवस्थित गरिन्छ । ती तापमान अनुसार वितरण केन्द्रको वातावरण फरक हुन्छन् । वितरण केन्द्रको श्रेणी ४ वटा छन् ।

#
श्रेणी १
पकाइएकोखाना वितरण केन्द्र
चिसो र पकाईएको खाना एकै ठाउँमा रहने केहि केन्द्रहरु छन् ।
यो ठाउँ, ओबेन्तोउ, ओनिगिरी, पाउरोटी आदि  राखिने वितरण केन्द्र हो । यी सामानहरु २० डिग्री सेन्टिग्रेडको आसपासको तापमानमा व्यवस्थापन गरी राखिएको हुन्छ । यहाँ  छिटो बिग्रने वस्तु ह्यान्डल गरिने हुनाले, इन्फेक्सन नहुने , सफा वातावरण बीच काम गर्नुपर्ने काम हो । मास्क, क्याप आदी प्रयोगको लागि दिईनेछ । सरसफाईलाई व्यवस्थित राख्नका निम्ती नियम पालना गरी  काम गर्नुहोला ।
#
श्रेणी २
सामान्य तापमान भएको वितरण केन्द्र
undefined
यो ठाउँ पेय पदार्थ, प्रशोधित खाद्य पदार्थ, कप नुडल्स, मिठाई आदि विविध सामान राखिने वितरण केन्द्र हो । यी सामानहरु सामान्य तापमानमा राखिने गरिन्छ । पेट बोतल जस्ता अलिक गह्रौ वस्तु पनि हुन्छन् भने धेरै वस्तु मिठाईजस्ता हलुको भई व्यवस्थित राख्न सजिलो बस्तु हुने गर्दछ । फराकिलो गोदाम जस्तो वितरण केन्द्रमा काम गरिन्छ ।
#
श्रेणी ३
चिसो वितरण केन्द्र
चिसो र पकाईएको खाना एकै ठाउँमा रहने केहि केन्द्रहरु छन् ।
यो ठाउँ तयारी खाद्य पदार्थ, पाउरोटी सलाद, नुडल्स र दूध जस्ता पेय पदार्थ राखिने वितरण केन्द्र हो । यी वस्तु हरु ५ डिग्री सेन्टिग्रेड आसपासको तापमानमा राख्ने गरिन्छ । फ्रिजभित्र राखिने वस्तु बस्तु हुन्छन् । प्राय वस्तु हलुका भएपनी सजिलैसँग फुट्ने भएकोले राम्रोसँग ह्यान्डल गर्नुहोला ।
#
श्रेणी ४
फ्रोजन वितरण केन्द्र
undefined
यो ठाउँ आइस क्रिम, रक आइस, फ्रोजन खाद्य वस्तु आदी राखिने वितरण केन्द्र हो । यी वस्तु हरु माइनस २० डिग्री सेन्टिग्रेड आसपासको तापमानमा राख्ने गरिन्छ । फ्रिज भित्रको काम धेरै हुने भएता पनि जाडोमा लगाउने लुगा पर्याप्त मात्रामा उपलब्ध गरिने छ । मुख्य रुपमा प्याक (कागजको बाकस)को भित्रबाट सामानहरु छानी बाहिर निकाल्ने काम हुन्छ ।

कामको खोजी

आवेदन देखि छनौट सम्मको प्रक्रियाको बारेमा

आवेदन प्रक्रिया
यो वेबसाइट मार्फत तपाईंलाई दैनिक रुपमा आवतजावत गर्न सकिने काम गर्ने केन्द्र खोज्नु होला । सबभन्दा पहिला यो वेबसाइटमा राखिएको आवश्यकता सम्बन्धी जानकारी हेर्नु होला । सर्त सुबिधाहरु पक्का गरेर आवेदन दिनु होला ।
अन्तर्वार्ताको प्रक्रिया
अन्तर्वार्तामा बोलाइने व्यक्तिलाई ईमेल अथवा फोनबाट सम्पर्क गर्ने छौं । फोन अथवा ईमेल गर्ने बेलामापनि जापानीज भाषा मार्फत कुराकानी गरिनेछ । अन्तर्वार्ताको दिन र समय छलफल गरेर निर्धारित गरौँ । अन्तर्वार्ता जापानीज भाषाबाट लिईनेछ । छलफल गर्नु पर्ने कुरा अथवा प्रश्नहरु अगाडि नै तयारी गरि अन्तर्वार्ताको समयमा सोध्नु होला ।
छनौट ~ कामको सुरुवात
सम्झौतापत्र आदी कागजातहरु भरेर गर्नु पर्ने प्रक्रिया गरे पश्चात कामको विवरणबारे जानकारी गराइने छ । काम गर्ने ठाउँमा वास्तविक काम गर्दै काम सम्झिन लगाईने छ ।
तलब वितरणको बारेमा
तलब पहिले नै निधो गरिएको दिनमा निधो गरिएको तरिका अनुरुप वितरण गरिनेछ । काम गरेको दिन वा काम गरेको घण्टा र भत्ता अनुसार तलब फरक हुने भएकोले कागजातहरु राम्रोसँग बुझ्नु होला ।

प्रश्न र उत्तर

काम गर्नको लागि कस्तो खालको योग्यताचाहिन्छ ?
विदेशी विद्यार्थीहरुले काम गर्नु अगावै वर्क परमिट (सिखाकुगाइ खाचुदोउ क्योखा) लिनु पर्ने हुन्छ । यो लाइसेन्स इमिग्रेसन ब्युरोबाट वर्क परमिटको रुपमा लिनु पर्ने हुन्छ । त्यस बाहेकका विदेशीहरुले रेसिडेन्स कार्डमा उल्लेख गरिएका काम सम्बन्धी नीति नियमका बुँदाहरु जाँच गर्नु होला ।
काम गर्नका निम्ती जापानीज भाषाको लेभल कति हुनु पर्छ ?
दैनिक दिनचर्याका कुराकानी गर्न सक्ने क्षमता भए बिना समस्या काम गर्न सकिन्छ । भाषामा आत्मविश्वास नभएका व्यक्तिहरुले बिना संकोच छलफल गर्नु होला ।
कामको कुनै अनुभव नभएता पनि काम गर्न सकिन्छ ?
सिवाखेको काम सामान्यतया निकै नै सिम्पल र सजिलो काम हो । आफ्नो शरीरलाई चलाएमान राख्न मन पराउने व्यक्ति भएको खण्डमा तुरुन्तै सक्रिय हुन सक्नु हुनेछ ।
कस्ता व्यक्ति सिवाखे स्टाफका रुपमा काम गर्दै छन् ?
गृहिणी (पति), पार्ट टाइमर,विद्यार्थी आदी लिङ्ग वा उमेरमा पनि बिभिन्न स्तरका व्यक्तिहरु सक्रिय छन् । पक्कै पनि विदेशी स्टाफहरु पनि धेरै संख्यामा सक्रिय छन् ।
कुन समयमा काम गर्न सकिन्छ ?
छुट्टयाइएका बस्तु २४ सै घण्टा खुल्ने कम्भिनिएन्स स्टोरमा समय निर्धारण गरी वितरण गर्ने गरिन्छ । त्यसैले कामको समय निर्धारित गरिएको हुन्छ । बिहान सबेरै, दिउँसो, साँझ, राति, मध्य रात गरी आफ्नो लाइफ स्टाइलसँग मिलाएर काम गर्न सकिन्छ ।
यो काम कस्ता व्यक्तिलाई सुहाउँछ ?
छुट्याईएका सामान समय अनुसार वितरण गरिन्छ । समय अनुसार, संख्यामा पनि गल्ती नगरी काम गर्नु अति आवश्यक छ । ध्यान दिएर एक एक गरी काम अगाडी बढाउँदै लाने गरौँ । तपाईंको आफ्नै गतिमा परिपक्कव अगाडी बढी दिए पुग्छ ।